Search
Close this search box.
Search
Close this search box.

कर्णालीमा होटल म्यानेजमेन्टको पढाई सुरु, प्रयोगात्मका लागि छुट्टै किचनको व्यवस्था

झापा(बुद्धशान्ति) – एसएलसीपछि के पढ्ने ? पहिला अधिकांश विद्यार्थीको रोजाई साइन्स वा म्यानेजमेन्ट हुन्थ्यो । तर, अहिले समय फेरियो । अवसर फेरिए र विद्यार्थीको मनस्थिति पनि फेरियो । अहिले धेरै विद्यार्थीको रोजाइ बन्दै गएको छ, होटल म्यानेजमेन्ट । होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट पढाइ स्थनीय ठाउँमै पढ्न पाएपछि अभिभावक संगै विद्यार्थीहरु समेत खुसी भएका छन् ।

झापा बुद्धशान्तिको कर्णाली एजुकेसन फाउन्डेसनले चालु शैक्षिकसत्रदेखि होटल म्यानेजमेन्टको पठनपाठन सुरु गरेसंगै बिद्यार्थीलाई टाढा धाएर पढ्नुपर्ने बाध्यता हटेको छ । बिद्यालयले प्रयोगात्मक विधिबाट पठनपाठन गराउनका लागि छुट्टै व्यवस्थित होटल म्यानेजमेन्टको किचन समेत तयार गरि शनिवार एक कार्यक्रमको आयोजना गर्दे उद्घाटन समेत गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष भीमकुमार नेवारको प्रमुख आतिथ्यमा किचनको उद्घाटन गरिएको थियो । कार्यक्रममा वडा सदस्य टीका धिमाल, विव्यस पूर्व अध्यक्ष ध्रुव प्रसाद कोइराला, अभिभावक संघ उपाध्यक्ष देव लिम्ब, शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका विभिन्न परिकार अतिथिहरूले ग्रहण गरेका थिए ।
– तीर्थ तिम्सिना

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *