Search
Close this search box.
Search
Close this search box.

कर्णालीमा ३४ प्रतिशत नागरिक लेखपढ गर्न जान्दैनन् !

सुर्खेत । कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् ।

मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको जानकारी दिए ।

EPIC EPIC EPIC

प्रदेश योजना आयोगले आर्थिक वर्ष २०८०र८१ सम्म कर्णालीको साक्षरता ९५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । कर्णाली सरकारले प्रदेशलाई साक्षर बनाउन आव २०७५/७६ देखि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

तीन वर्षभित्र कर्णालीलाई साक्षर प्रदेश घोषणा गर्ने भन्दै तीन वर्षअघि प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको थियो । मन्त्रालयका उपसचिव अधिकारीले गत वर्ष निरन्तर सिकाइसम्बन्धी गतिविधिका लागि हरेक स्थानीय तहमा रु दुई लाख उपलब्ध गराएको र उक्त बजेट कोरोना महामारीका कारण खर्च हुन नसकेको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *