कर्णाली प्रदेश सरकारले राउटेलाई थप २ हजार भत्ता दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायको संरक्षण र संवद्धर्नका लागि प्रतिव्यक्ति दुई हजार दिने भएको छ ।
प्रदेश सरकार, मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । उक्त, रकम आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गुराँस गाउँपालिका दैलेखलाई वित्तीय हस्तान्तरण गरिने छ । त्यसपछि गाउँपालिकाले नियमअनुसार वितरण गर्ने बताइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत दसैंको अवसरमा खाद्यान्न लिएर राउटे समुदायको बस्तीमै पुगेर २ हजार भत्ता दिने घोषणा गरेका थिए ।


बैठकले खेलकुद परिषद्मा पदाधिकारी तथा सदस्यसचिव नियुक्ति गर्ने निर्णय गरेको छ । जसको उपाध्यक्षमा वीरेन्द्रनगर नगरपालिका–४ का प्रमोद हमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सदस्यमा हुम्लाका टक्कबहादुर शाही, जुम्लाका सरोज शाही, सल्यानका भुमाकुमारी बुढाथोकी, जाजरकोटका मोहनराज घर्ती र दैलेखका हेमा खड्कालाई नियुक्त गरेको छ । परिषद्को सदस्य–सचिवमा विश्वमित्र सन्ज्याललाई नियुक्त गरेको छ । सन्ज्याल मुख्यमन्त्री शाहीको गृह जिल्ला कालिकोटको सान्नित्रिवेणी–६ का स्थानीय बासिन्दा हुन् ।
यस्तै बैठकले मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको छ । खाद्यान्न खरिदतर्फको खर्च शीर्षकबाट विनियोजित रकम मध्येबाट १५ करोड र कोभिड शिक्षातर्फको खर्च शीर्षकबाट १० करोड रकम क्रमागत आयोजनाका लागि रकमान्तर गर्ने निर्णय पनि बैठकले गरेको छ । शान्ति तथा पुनः स्थापना गर्न बनेको विधेयक कर्णाली प्रदेश सभा सचिवालयमा दता गर्ने स्वीकृति प्रदान गरिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।
बैठकले द्वन्द्वपीडित घाइते अपांग उपचार राहत खर्च कार्यविधि २०७७ स्वीकृत गर्ने, सहकारी संस्थामार्फत व्याज अनुदान कार्यविधि ०७७ पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।कारोबार दैनिकमा खबर छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *