Search
Close this search box.
Search
Close this search box.

कर्णाली सहकारीद्वारा कोरोना संक्रमण भई मृत्यु भएका सदस्यको ऋण मिनाहा

झापा – कर्णाली बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमण भई मृत्यु भएका सदस्यको ऋण मिनाहा गरेको छ ।

गोलधाप सेवा केन्द्रका शेयर सदस्य अम्बर जित ठाकुर कोरोना संक्रमणबाट मृत्यु भएको र उनले संस्थामा ऋण बापतको रकम रु ९०,०६० तिर्नुपर्ने रकम मिनाहा गरिएको छ ।

EPIC

यसका साथै संस्थाको उपचार कोष अन्तर्गत काजकृया खर्च वापत रु ६०,००० समेत प्रदान गरिएको थियो ।

त्यस्तै लघुवित्त कार्यक्रम अन्तर्गतको केन्द्र.न.४ कि शेयर सदस्य पथरियाको समस्याले मृत्यु भएको र संस्थामा तिर्न बाकीँ कर्जा रु १,४०,२६१ रुपयाँ मिनाहा गरिनुका साथै उपचार कोष अन्तर्गत काजकृया खर्च वापत रु ४०,००० संस्थाका सचिब भुपाल बस्नेतले वितरण गरेका छन् ।

कार्यक्रममा संस्थाका सचिब भुपाल बस्नेत,शिक्षा उप समिति देवी बहादुर थापा,कार्यलय प्रमुख कृष्ण न्यौपाने लगायत कर्मचारीहरु सहभागी भई समवेदना प्रकट गरिएको थियो ।

साथै आजै कोरोना पोजेटिभ भई घरैमा बसि उपचार गरिरहेका भएका ८ जना शेयर सदस्यहरुको घरमा गई उनिहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै संस्थाको तर्फबाट पोष्टीक आहार समेत वितरण गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *