Search
Close this search box.
Search
Close this search box.

कर्मचारीमा संक्रमण देखिएपछि हल्दीवारी गाउँपालिका बन्द !

झापा । कर्मचारीलाई कोरोना संक्रमण भएपछि झापाको हल्दीवारी गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा आजदेखि तीन दिनका लागि स्थगित गरेको छ ।गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेलाई हिजो संक्रमण पुष्टि भएको हो ।

न्यौपानेकी श्रीमतीलाई पनि संक्रमण देखिएको छ । त्यस्तै गाउँपालिकाका अन्य कर्मचारी पनि विरामी भएका छन् । उनीहरुको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहालले जानकारी दिए । उनका अनुसार कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले वडा कार्यालयसहित अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *