Search
Close this search box.
Search
Close this search box.

काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको बस दुर्घटना, २० जना यात्रु घाइते

झापा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–९ ज्यामिरे सडकखण्डमा शुक्रबारबिहान काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ नम्बरको यात्रुवाहक बस दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा परी २० जना यात्रु घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बसको अगाडिको पट्टा भाँच्चिँदा बस अनियन्त्रित भएर सडकबाट नालीमा कोल्टो परेको थियो । उक्त घटनामा बसमा रहेका २० जनाभन्दा बढी यात्रु घाइते भएका हुन् ।

घाइतेहरूलाई तत्कालै उपचारका लागि नजिकैको मेडिकल संस्थामा लगिएको थियो । त्यसमध्ये ११ जना घाइतेलाई स्थानीय मेडिकल संस्थामा नै उपचार भइरहेको छ भने बाँकी ९ जना घाइतेहरूलाई थप उपचारका लागि चितवन अस्पताल लगिएको छ ।

घटनास्थल तत्कालै प्रहरी पुगेको र घाइतेहरूको उद्धार कार्य तिव्रगतिमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान कार्य शुरु गरेको बताएको छ । यसबारे थप विवरण पछि प्राप्त हुने जनाइएको छ । घाइतेहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *