Search
Close this search box.
Search
Close this search box.

काँकरभिट्टाबाट १२ लाख बढीको ५३ बोरा सुपारी नियन्त्रणमा

मेचीनगर। इलाका प्रहरी कार्यालय काँकरभिट्टाले राजश्व छलेको आशंकामा ५३ बोरा सुपारीसहित एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ ।

नेपालमा उत्पादित उसिनेको २ हजार ३७८ किलो सुपारीसहित प्रदेश १–०१–००१ च ७१२५ नम्बरको पिकअप गाडी नियन्त्रणामा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

EPIC EPIC

प्रहरीले पिकअपका चालक बुद्धशान्ति ३ बस्ने ४१ वर्षीय युवराज उप्रेतीलाई पनि नियन्त्रणमा लिएको छ ।

आज दिउँसो १ः४० बजेको समयमा मेचीनगर-६ भट्टराईचोकमा राजश्व छली नेपालमा उत्पादित सुपारी ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा सुपारी नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले इटाभट्टाबाट काँकरभिट्टातर्फ आउँदै गरेको पिकअप गाडीलाई शंका लागेर जाँच गरेको थियो ।

त्यसक्रममा उक्त गाडीमा भिसिटिएस पानबिलमा १२ लाख २५ हजार रुपैयाँबराबरको बिल भए पनि आधिकारिक भिसिटिएस अनलाइन बिल थिएन ।

नियन्त्रणमा लिइएको सुपारीसहित गाडी र गाडी चालकलाई कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *