Search
Close this search box.
Search
Close this search box.

कांग्रेसलाई ८४ को होइन, देशको चिन्ता छ : महामन्त्री शर्मा

बनियानी । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई ८४ को नभई देशको चिन्ता रहेको बताउनुभएको छ ।

कांग्रेसको ‘कचनकवल–सगरमाथा जागरण अभियान–संगठन सुदृढीकरण, ऐतिहासिक खोज, सम्बृद्धिका आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान’ कार्यक्रमको उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले २०८४ को निर्वाचन भन्दा पनि देशको चिन्तामा पार्टी रहेको बताउनुभयो ।

EPIC EPIC EPIC

“जलवायु परिवर्तनबाट हाम्रा हिमालहरुको रक्षा कसरी गर्ने, हिम नदीहरुको रक्षा कसरी गर्ने, सबै जीवजन्तुको रक्षा कसरी गर्ने, आज मुलुककै पुरानो पार्टीको हैसियतले नेपाली कांग्रेसले यी–यावत विषयमा चिन्ता गरिरहेको छ”, उहाँले भन्नुभयो, “जीवनसँग गाँसिएर, जगतसँग गाँसिएर दलहरुले कर्म गर्नुपर्छ ।”

सामाजिक परिवर्तका पक्षमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने बताउनुहुँदै महामन्त्री शर्माले मुलुकमा रहेको विभेद, विकृति–विसंगतिका विरुद्ध काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

संविधान संशोधनमा नागरिकको अपेक्षा बुझ्नुपर्ने उहाँले बताउनुभयो । “गाउँ–गाउँमा आमनागरिकको अपेक्षा के छ, पार्टीहरुको अपेक्षा के छ, त्यसलाई बुझ्नु पर्छ”, उहाँले भन्नुभयो, “चर्चामा रहेजस्तो उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने, एक सय ६५ लाई एक सवा सयमा ल्याउने कुरा ठूलो होइन ।”

पाँच वर्षसम्म एउटै प्रधानमन्त्री टिकाउने पद्धतिको खोजी गर्नुपर्ने उल्लेख गर्नुहुँदै महामन्त्री शर्माले भन्नुभयो, “मैले राखेको प्रस्ताव एक जना दुई पटक मात्र प्रधानमन्त्री बन्ने भनेको होइन, पाँच वर्षसम्म कार्यकाल पूरा गर्ने भन्ने पद्धतिको पनि परिकल्पना हो ।”

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधनको विषय उठान गरेर मात्र नहुने बताउनुभयो । उहाँले संविधान संशोधनको मूल विषयहरुको पहिचान गर्दै नागरिकको पक्षमा संविधान संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।

सभापतित्व नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्म आङ्देम्बे लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पार्टीका केन्द्रदेखि कोशी प्रदेशका १३ जिल्लाका कांग्रेस नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *