काठमाडौं नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उपसभापतिका लागि भएको निर्वाचनको मतगणना सकिएको छ।
अन्तिम मत परिणामअनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। गुरुङले अर्का प्रत्यासी विजय गच्छदारलाई अन्तिम समयमा आएर सानो मतान्तरले पराजित गरेका हुन्।
उनले सभापतिमा पराजित भएका शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए।
पुर्णबहादुर खड्काले २१२१ मत ल्याउन सफल भए। धनराजले १९०८ मत ल्याएर विजयी हुँदै गर्दा गच्छ्दारले १९०६ मत प्राप्त गरेका थिए।
उपसभापतिको दौडबाट गच्छदारसँगै बिना प्यानलका महेश आचार्य, प्रकाशमान सिंह समूहमा रहेकी सुजाता कोइराला र विमलेन्द्र निधितर्फबाट दिव्यश्वरी शाह पनि थिए।
यस्तै कोइराला प्यानलबाटै उपसभापतिमा उम्मेदवारी दिएका चन्द्र भण्डारी पनि मतपरिणामको अन्तिम समयमा आएर तल झरे।