Search
Close this search box.
Search
Close this search box.

कांग्रेस महामन्त्री कोइरालाले सभापतिमा उम्मेदवारी नदिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी नदिने भएका छन्।

पूर्वमहामन्त्री एवं सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंह निवास चाक्सीबारीमा मंगलबार दिउँसोदेखि जारी इतर समूहको बैठकबाट निस्किएर कोइरालाले यस्तो जानकारी दिएका हुन्।

EPIC

इतर समूहको बैठकमा युवा र केन्द्रीय सदस्यहरुले मिलेर साझा उम्मेदवार तय गर्न दबाब दिएपछि कोइरालाले यस्तो निर्णय लिएका हुन्।

‘मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडेँ। रामचन्द्रजीले पनि एक पटक मेरो लागि छोडिदिनु भन्नु भएको छ’, कोइरालाले भने, ‘तर अरु मिलेमा उहाँले पनि छोड्ने संकेत गर्नुभएको छ।’

कोइरालाका अनुसार सभापतिका अन्य दुई दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह मिलेर उठ्न तयार भएमा पौडेलले पनि दाबी छाड्न तयार भएका छन्।

‘शेखर र प्रकाशमान मिल्न तयार भएमा रामचन्द्र पौडेलले पनि सभापतिको दाबी छाड्ने संकेत गर्नु भएको छ’, उनले भने, ‘हामीसँग छलफल गर्ने समय अब छैन। राति टुंगिन नसके भोलि बिहान त पक्कै पनि सकिन्छ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *