Search
Close this search box.
Search
Close this search box.

कागलाई मयुरको प्वाँख जोड्दैमा मयुर हुँदैन

महेन्द्र कुमार थापा

पूर्विय दर्शनको सेरोफेरोमा अहिले पनि घुमि रहेको हाम्रो जस्तो अशिक्षित, अल्प बिकसित र मध्ययुगिन, साधन, श्रोत र सोचले आक्रान्त पारेको समाजमा एकथान मोबाईलको सेट हात पर्यो भन्दैमा, केहि युवाहरुले फेसबुकमा रोमन लिपिमा केहि शब्द लेखेकै भरमा हाम्रो समाज उत्तर आधुनिक युगमै पुगि सक्यो भन्नु भनेको कागलाई मयुरको प्वाँख जोड्दैमा मयुर मा्न्नु सरह हो।

EPIC EPIC EPIC

हामीले हाम्रो राजनितिलाई हाम्रो आजको मुलुक, माटो र समाज सुहाउँदो राजनिति गर्न र मुद्वाहरु स्थापित गर्न सकेनौ भने कि त हामी अघि-अघि समाज पछि-पछि वा समाज अघि- अघि हामी पछि-पछि पर्नेछौ।

हो हामीले समाजलाई डोर्याउने हो घिसार्ने होईन, समाज र देशको सामर्थ्य, चेतना र स्तर हेरेरै डोर्याउनु पर्छ।

युरोप र अमेरिकाको जस्तो हाम्रो समाजको स्तर, चेतनाको स्तर र देशको सामर्थ्य नभएको हकमा हामीले त्यहाँ भै राखेको उत्तर आधुनिकताको होड जस्तै गरि हामीले हाम्रो समाजलाई घिसार्नु हुँदैन।

समाजको बिकाश क्रमको गति आफ्नै पाराको हुन्छ। भलै अहिलेको आधुनिक तथा परिस्कृत संचार तथा सुचना प्रबिधिको कारणले ठुलै फड्को मारेको किन नहोस बिकाश क्रम समय सापेक्षित नै रहन्छ।

नेपाली कांग्रेसको राजनिति वा कम्युनिष्टहरुको शुरुआति राजनिति हामीले हेर्यौ भने त्यहाँ हामीले समाजको चेतनाको स्तर, बनावट, सामर्थ्य, आवश्यकता र आकाक्षांलाई आत्मासात गर्दै समाजकै गति र लयमा समाज संगै हातेमालो गरेर बिस्तारै समाजलाई डोर्याउँदै यहाँ सम्म पुगेको देख्न सकिन्छ।

हजारौ बर्ष देखि भारत बर्ष भित्र ”सनातन बैदिक कल्याणकारि समाजबाद”ले समाल्हदै बसुधैब कुटुमबकम भित्र सम्पुर्ण बिश्व मानव जगतलाई अटाउन सफल हाम्रो बैदिक हिन्दु सभ्यतालाई आज सिंङगो बिश्वबाट एक्ल्याउने र कमजोर बनाउदै कालन्तरमा यो सभ्यतालाई नै समाप्त पार्ने षडयन्त्रको मतियार त भै राखेका छैनौ हामी?

मेरो रोजाई र खोजाई हिन्दु राज्य होईन, म हिन्दु हुँ तर हिन्दुवादी वा अतिवादी कदापि होईन र सनातन हिन्दु वा ओमकार परिवार आज सम्मको काल खण्डमा अतिवादी भएको कहिं कतै देखिएको, भटिएको वा पढिएको छैन।

तर बिडम्बना यो हजारौँ बर्ष पुरानो वैभवशाली बिशाल सभ्यतालाई पश्चिमा धर्म र सभ्यताले क्रमिक रुपमा कमजोर बनाउँदै यस्का मुल्य र मान्यताहरुमा लगातार अतिक्रमण गरेको देख्दा पनि यहि सभ्यताका पूर्वजका सन्तान हामी निदाएको देख्दा अनि पाश्चत्य उत्तर आधुनिक भै टोपलेको देख्दा अचम्म लाग्छ।

हो हाम्रो समाज र धर्ममा केहि घृणित सामाजिक बिभेद, बिसंगति र अन्यायहरु छन् तर त्यसको मतलब यो होईनकि ति कमजोरिहरु सुधार्नै नसक्ने प्रकृतिका छन् जस्को कारणले हामी यो हजारौ बर्ष पुरानो सभयतालाई नै भतकाएर पाश्चात्य सभ्यता लाई अँगालौ।

हामी हाम्रो सभ्यतालाई बचाउँ, हाम्रा बिमति र बिसंगतिहरुलाई हटाऊँ यहि सभ्यताको भव्यता भित्र हामी अटाउन सक्छौ, फुल्न सक्छौ र हाम्रो सुन्दर सपना साकार पार्न सक्छौ।

हजारौ बर्ष देखि चलि आएको सनातन हिन्दु सभ्यता भित्र बिभिन्न धर्महरु, बौद्व, किराँत, जैन, शिख, बोन आदि धर्म र सभ्यताहरु फले, फुले र सुभाष फैलाए।

चौधौ र सोर्हौ सताब्दी तिर प्रबेश गराईएका धर्म संस्कृतिहरु समेतले आफ्नो धर्म प्रति गर्व गर्न र सुभाष फैलाउन उत्तिकै अवसर पाएको हामीले देखेका पढेका र भोगेका छौ।

यस्तो महान र उदार सभ्यताका हामी हिन्दुहरु केहि हद सम्म रुढिबादि छौ तर अतिबादि कदापि छनौ, थिएनौ र हुन पनि सक्दैनौ।

हाम्रा हजारौ बर्ष पुराना ग्रन्थ बेद र उपनिसद लेखिदै गर्दा, तारा र नक्षत्र गणना गर्दै गर्दा, चौथो शताब्दि तिरै शल्यकृया, प्लास्टिक सर्जरि पढाउँदै गर्दा, रसायन शास्त्र , जिव बिज्ञान,गणित, खगोल शास्त्र, दर्शन शास्त्र लगायतका बिषयहरुमा नालन्दा र तक्षशिलामा पढाउँदै गर्दा बाँकी बिश्व कहाँ थियो र कस्तो अवस्थाबाट गुज्रि रहेको थियो हामी सबैले अलिकति ईतिहास पढकै छौ।

यो सभ्यता भनेको केवल हिन्दु धर्ममा आस्था राख्नेको मात्र होईन यहाँ भित्रका पकृति पुजक र आफ्नै मौलिक धर्म नभएका आदिबासी र जनजातिको पनि उत्तिकै हो।

पछिल्लो चरणमा मुश्लिम, शिख, बौद्व, बोन, किराँत, जैन लगायत थुप्रै धर्म संसकृतिको पनि उत्तिकै भुमिका छ यसै सभ्यतालाई मिलिजुलि अझ परिस्कृत र सभ्य समाजको निर्माणमा आवश्यक छ ।

तयसैले हामी हाम्रो सभ्यता प्रति गौरब गर्न सकौ, सभ्यता र ईतिहास बिनाको समाजको कुनै अर्थ हुदैन। सबै धर्महरु र संसकृतिहरुको उत्तिकै हार्दिक सम्मान गर्दै हजारौ बर्ष पुरानो हाम्रो मौलिक तथा वैभवशली सनातन हिन्दु सभ्यताको रक्षार्थ सम्पुर्णमा हार्दिक अनुरोध गर्न चाहान्छु।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *