Search
Close this search box.
Search
Close this search box.

काठमाडौंमा यसवर्षकै सबैभन्दा बढी चिसो

काठमाडौं। काठमाडौं उपत्यकामा आज बिहीबार यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४।८ डिग्री सेल्सियसमा झरेको हो ।

यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम हो । ‘यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,’ मौसमविद् अधिकारीले भने । 

काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *