Search
Close this search box.
Search
Close this search box.

काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना: १० जनाको मृत्यु

कपिलबस्तुमा बस दुर्घटना हुँदा कम्तिमा पनि १० जनाको मृत्यु भएको छ। 

घटनामा अन्य ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलले जानकारी दिए। 

सुदूरपश्चिम प्रदेश ०२ -००१ ख ००९८ नम्बरको बस गएराति सवा १२ बजे कपिलबस्तुको शिवराज नगरपालिका- १ मा सडकबाट झण्डै डेढसय मिटर तल खसेर दुर्घटना भएको हो। 

‘अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टि चिकित्सकले गरेका छन्,’ एसपी पौडेलले नेपालखबरसँग भने, ‘मृतकको संख्या बढ्ने सम्भावना छ। मृतक र घाइते कसैको पनि नाम खुलेको छैन। म अहिले अस्पतालमै छु।’

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको हो। दुर्घटनाको थप विवरण आउँन बाँकी छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *