Search
Close this search box.
Search
Close this search box.

कात्तिक २५ गते सम्मलाई कोशी गाउँपालिकाको सेवा बन्द

इनरुवा । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरीको कोशी गाउँपालिको कामकाज रोकिएको छ ।

गाउँपालिकाको कार्यालयले सूचना जारी गर्दै ९ दिनका लागि सम्पूर्ण कामकाज बन्द रहने जनाएको छ । उसले कर्मचारीमा संक्रमण पुष्टि भएकाले कार्यालय बन्द रहने व्यहोरा सूचना मार्फत जानकारी गराएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज सुवेदीले गाउँपालिकामा कार्यरत ७ जना कर्मचारीमा कोरोना देखिएकाले कार्यालयको कामकाज कात्तिक २५ गते सम्मलाई बन्द गर्ने निर्णय गरिएको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *