Search
Close this search box.
Search
Close this search box.

कार्गो शुल्क १० प्रतिशतले वृद्धि

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले एअर कार्गोको आयात-निर्यात शुल्क १० प्रतिशतले बढाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीद्वारा सञ्चालित एयर कार्गो बिल्डिङका अनुसार एयर कार्गो आयात–निर्यातको शुल्क बढाइएको हो । क्यानले सोमबार एक सूचनामार्फत् कार्गो शुल्क बढेको जनाएको हो ।

हरेक दुई वर्षमा १० प्रतिशतका दरले स्वतः वृद्धि गर्ने विमानस्थल नियमावलीअनुसार एयर कार्गो आयात-निर्यात शुल्क बढाइएको जनाएको छ । नयाँ शुल्क चैत ४ गतेदेखि लागू हुने बताइएको छ । नयाँ शुल्कअनुसार साधारण मालसामान आयात गर्दा प्रतिकेजी ७.१२ या १३३.१० रुपैयाँमध्ये जुन बढी हुन्छ, सोही दर लागू हुनेछ । साधारण मालसामान निर्यातमा भने प्रतिकेजी १.३३ रुपैयाँ या २६६.२० मध्ये जुन बढी हुन्छ सोही दर लागू हुनेछ भने बहुमूल्य मालसामानतर्फ आयात गर्दा प्रतिकेजी न्यूनतम १०.६५ रुपैयाँ र अधिकतम् २६६.२० रुपैयाँ लाग्नेछ । निर्यातमा प्रतिकेजी न्यूनतम ३.३३ रुपैयाँ र अधिकतम् ३३२.७५ रुपैयाँ शुल्क लाग्नेछ ।

नाशवान मालसामानतर्फ आयात गर्दा न्यूनतम १०.६५ रुपैयाँ र अधिकतम् २६६.२० पैसा लाग्नेछ भने निर्याततर्फ न्यूनतम २.६६ र अधिकतम् २६६.२० पैसा लाग्नेछ । खतराजन्य मालसामान आयातमा प्रतिकेजी न्यूनतम २१.३३ र अधिकतम् ५३२.४० रुपैयाँ लाग्नेछ । सोही माल निर्यात गर्दा प्रतिकेजी न्यूनतम् ६.६६ देखि अधिकतम् ६६५.५० लाग्नेछ । एक्सप्रेस कुरियर ब्याग, कुरियर पार्सल र एक्सप्रेस कार्गो आयात गर्नुपर्दा न्यूनतम् ६.६६ रुपैयाँदेखि अधिकतम् २६६.२० रुपैयाँ शुल्क लाग्नेछ । त्यस्तै, निर्याततर्फ भने न्यूनतम ६.६६ देखि अधिकतम् १३३.१० रुपैयाँ लाग्नेछ । तर, जीवित जनावर आयात-निर्यातमा बहुमूल्य मालसामानको दोब्बर लाग्नेछ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *