Search
Close this search box.
Search
Close this search box.

कालीझोडामा भएको दुर्घटनामा परि भद्रपुरका परियारको मृत्यु

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ स्थित कालिझोडामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी भद्रपुर नगरपालिका वडा नम्बर १० निवासी ५२ वर्षीय नेत्रप्रसाद परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।


शनिबार साँझ ७:३० बजे बिर्तामोडबाट चारआलीतर्फ जादै गरेको प्र.१-०१-०१४ प.८७८२ नम्बरको  १५० सीसीको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे. ११ प. २०२८ नम्वरको  १५० सीसीको मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा प्र.१-०१-०१४ प. ८७८२ नम्बरको मोटरसाईकल चालक नेत्रप्रसाद परियार सडकमा लडेको र बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको  मे.१ख.३२५१ नम्वरको बसले समेत ठक्कर दिदा उनी गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनलाई उपचारको लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएकोमा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। 


मे.११ प.२०२८ नम्वरको मोटरसाईकल चालक झापा हल्दिवारी गाँउपालिका वडा नम्वर-४ बस्ने बर्ष अन्दाजि ३१ को सन्तोष मेचेको टाउकोमा चोट लागेको अबस्था बोल्न सक्ने सामान्य रहेको, सोहि मोटरसाईकलमा पछाडी सवार सोही ठाउँका बर्ष अन्दाजी ३१ को सुरज मेचेको दाहिने हात र खुट्टामा चोटलागेको र सामान्य  अवस्थामा बिएन्डसी अस्पतालामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परेका दुवै मोटरसाईकल र बसलाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *