Search
Close this search box.
Search
Close this search box.

कास्कीमा पहिरोमा घर पुरिँदा छोराको मृत्यु, आमाको सकुशल उद्धार

काठमाडौं । कास्कीमा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । आज बिहान पोखरा महानगरपालिका–२७ सहेलापाटास्थित घरमा माथिबाट पहिरो खस्दा २२ वर्षीय भिमबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पहिरोमा पुरिएका आमा छोरामध्ये आमा कमलालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनीहरुलाई ७ बजेतिर उद्धार गरेको हो ।

EPIC EPIC

गत २४ घण्टामा कास्कीको लामापाटन केन्द्रमा देशभरमा सबैभन्दा धेरै १३७ मिलिमिटर वर्षा भएको छ । कास्कीकै चोमरोङ केन्द्रमा ७६ र सिक्लेसमा ५३.८ मिलिमिटर वर्षा मापन भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *