काेराेना सचेतनाका लागि बुधबारे जेसीजकाे फरक प्रचार शैली

बुधबारे । बुधबारे जेसीजले सोमबार देखि १५ दिने ‘कोरोना सचेतना अभियान’ सञ्चालन गरेसंगै बुधबार जेसीयुवाहरुले सामाजिक संजाल फेसबुकमा एकैसाथ आफ्नो प्रोफाईल पिक्चरमा कोरोना भाईरस सम्बन्धि जनचतेना जगाउने फ्रेम लगाएर चेतना जगाएका छन् ।

EPIC

कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि आमसर्वसाधारणलाई जनचेतना र सचेतना फैलाउने उदेश्यले सो अभियान सञ्चालन गरिएको हो ।

दोस्रो लहरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अवस्था असामान्य बन्दै गएको सन्दर्भमा सचेतना र जनचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् ।

‘भौतिक रुपमा उपस्थिति जनाएर सचेतना फैलाउने अवस्था छैन, अधिकांश मानिसले सामाजिक सञ्जालको प्रयोग गर्छन्, त्यहि सामाजिक सञ्जालको प्रयोग गरेर हामीले १५ दिने अभियान सञ्चालन गरेका हौं।’– बुधबारे जेसीजका अध्यक्ष वाग्लेले भने ‘कोरोना भाइरसको संक्रमणबाट बच्न, बचाउन, संक्रमण हुननदिन केकस्ता खानेकुरा बढी सेवन गर्ने, कस्ता खानेकुरा सेवन नगर्ने, सावधानी कसरी अपनाउने जस्ता धेरै कुरामा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले अभियान सञ्चालन गरेका हौं ।’

EPIC EPIC EPIC

साे अभियान शुरू गरिएको ३ दिन भएकाे छ । अभियानको संयाेजक दीपेन सिटौला र सदस्यहरू नवराज काेइराला र बिष्णु लामिछाने रहेका छन् ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar