किसानका धानबाली सुरक्षित गर्न सामुदायिक बनद्वारा हात्ती बेरा मर्मत गरिँदै

झापा। कचनकवल गाउँपालिका वडा नं. ७ स्थित दिपज्योति सामुदायिक बन उपभोक्ता समितिले यस क्षेत्रका किसानहरूको पाक्न लागेको धान बालीमा हात्तीले पुर्‍याउन सक्ने सम्भावित क्षति रोकथाम गर्न बेरा(सोलार फेन्सिङ) मर्मतको काम सुरु गरेको छ।

किसानहरूको सुरक्षालाई मध्यनजर गर्दै समितिले जिल्ला बन कार्यालयको  एक लाख र दिपज्योति सामुदायिक बनको पचास हजार गरी कुल एक लाख पचास हजार र अन्य प्राविधिक तथा सरसफाइ गाउँपालिकाको सहयोगमा हात्ती बेरा मर्मतको यो योजना अघि सारेको हो।

EPIC EPIC EPIC

सामुदायिक बनका अध्यक्ष हरि प्रसाद लिम्बूका अनुसार, हात्तीले खेतबारीमा मच्चाउने क्षति रोक्न यस कार्यक्रमको सुरुवात गरिएको हो। हरेक वर्ष, बाली पाक्ने समयमा हात्तीहरूको ओहोरदोहोरले किसानहरूलाई ठूलो आर्थिक नोक्सान व्यहोर्नु पर्ने अवस्था रहँदै आएको थियो। यस वर्ष भने बेरा मर्मतको माध्यमबाट किसानहरूलाई केही हदसम्म सुरक्षाको प्रत्याभूति दिलाउने प्रयास गरिएको छ।

उक्त कार्यक्रमले किसानहरूलाई राहत महसुस गराउनुका साथै उनीहरूलाई आफ्ना बाली सुरक्षित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै लिम्बूले भन्नुभयो, “यो साझेदारी कार्यक्रमले हात्तीको कारण हुने सम्भावित क्षतिलाई कम गर्न मद्दत गर्नेछ। यसले किसानहरूमा आफ्नो बाली सुरक्षाको विश्वास उत्पन्न गराएको छ।”

किसानहरूले पनि यस कदमलाई स्वागत गर्दै, पाक्न लागेको धानलाई सुरक्षित राख्नका लागि यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताएका छन्। गाउँका अन्य समुदायले पनि यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा अगाडि बढाउन जोड दिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *