Search
Close this search box.
Search
Close this search box.

किसानलाई परिचयपत्र उपलब्ध गराउन माग

इच्छाकामनाका किसानले आफूहरूको पहिचानका लागि परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको गुनासो गर्दै उनीहरूले परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् । 

इच्छाकामना–५ तामिनमा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका रामप्रसाद बोहोराले वास्तविक किसान सामु अनुदान नपुग्दा अनुदानका कार्यक्रम उपलब्धिमूलक नभएको बताए ।

‘गत असारमा इच्छाकामनामा पाँच हजार वटा सुन्तलाको बिरुवा वितरण गरियो, तर अहिले ती बिरुवा पाएका किसानले कति बिरुवा रोपेर बचाएर राखेका छन्, कुनै हिसाबकिताब छैन, कतिले त रोपेकै छैनन् । त्यतिकै सुकाएर फालेका छन्,’ उनले भने, ‘वास्तविक किसानको पहिचान गरेर मात्र अनुदान उपलब्ध गराउनुपर्छ । त्यसका लागि गाउँपालिकाले किसानको पहिचान गरी परिचयपत्र उपलब्ध गराउनुपर्छ ।’ अनुदान उपलब्ध गराएपछि सम्बन्धित निकायले निरन्तर अनुगमन गर्नुपर्ने बोहोराको भनाइ छ । 

EPIC

वडा नं ५ का वडाध्यक्ष तेजबहादुर शेरचनले पनि वडा नं ५ मा वितरण गरिएको सुन्तलाका बिरुवा किसानले नरोपी सुकाएर खेर फालेको बताए । इच्छाकामना–३ का किसान रामबहादुर गुरुङले पनि वास्तविक किसानको पहिचान गरेर मात्र अनुदान उपलब्ध गराउनुपर्ने बताए । गाउँपालिकाले अनुदान कार्यक्रम ल्याउँदा कतिपय किसानसम्म सूचना नै नपुग्ने उनको गुनासो छ ।

EPIC EPIC EPIC

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले वास्तविक किसानको पहिचानका लागि चाँडै परिचयपत्र वितरण गरिने बताए । अहिले विवरण सङ्कलन कार्य भइरहेको बताए। उनले भने, ‘हामी गाउँपालिकाका वास्तविक किसानको पहिचानका लागि परिचयपत्र वितरण गर्दैछौँ अहिले विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ, विवरण  सङ्कल गर्न  केही वडामा मात्र बाँकी छ ।’

EPIC

परिचयपत्र उपलब्ध गराएपछि अनुदान वितरणमा सहज हुने उनको भनाइ छ । गाउँपालिकाले किसानका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिरहेका  छन् । तर पहुँचको आधारमा वितरण हुँदा वास्तविक किसानसम्म अनुदान नपुग्ने किसानको गुनासो छ । रासस

EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar