Search
Close this search box.
Search
Close this search box.

किसानलाई सधैं पीडा : हावापानीले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति

झापा- केही दिनदेखि आएको लगातार हावापानीले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुर्याएको छ ।बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण शनिबार रातिदेखि हावासहितको वर्षा भइरहेको छ ।

बेमौसममा भएको हावासहितको मनसुनी वर्षाले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।जिल्लाको १० देखि १५ प्रतिशत धान बालीमा क्षति पुगेको हो ।

EPIC

यस वर्ष करिव ९० हजार हेक्टरमा धान बाली लगाइएको थियो । खासगरी पसाउन लागेको, पाक्न लागेको र काटेर खेतमा राखिएको धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले बताए । ‘ जिल्लाका सबै पालिकाहरुमा क्षति पुगेको छ- उनले भने ´हावापानी नरोकिएकाले क्षति अझ बढ्न सक्छ ।’ मन्सुली , रंजित, आरपिजस्ता धानमा बढी क्षति पुगेको कृषि अर्थविज्ञ भट्टराईले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *