काठमाडौं । दाङमा धारिलो हतियारले हानेर एक युवकको हत्या भएको छ ।
युवाहरुको एक समूहले लाठी र धारिलो हतियारले हान्दा तुलसीपुर उपमहानगरपालिका-४ नयााबस्तिका २१ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो ।
कुटपिटबाट सल्यान जिल्लाको कपुरकोट गाउापालिका-४ का १७ वर्षीय शंकर डाागी गम्भीर घाइते भएका छन् ।
पुन र डाँगीमाथि पुरानो रिसिइबीका कारण तुलसीपुर-४ का २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको दाङ प्रहरीले जनाएको छ ।
आरोपित सबै फरार रहेको र उनीहरूको खोजी भइरहको छ ।