Search
Close this search box.
Search
Close this search box.

कुनै लोभलालच छैन, एक प्रकारको सन्त नै हुँ-केपी ओली

बराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित चतराधाममा जारि वाह्रवर्से पिण्डेश्बर पुर्ण महाकुम्भ मेला अन्तर्गत आज शनिवार १९ ओेै दिन नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको आगमन भएको छ।


साथमा कोशी प्रदेशका पुर्व मुख्यमन्त्रीहरु शेरधन राई , हिक्मत कार्की लगायतकाे उपस्थिति रहेको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा केन्द्रित रहेको बताएका छन्। शनिबार सुनसरीको चतराधाम कुम्भ मेलामा पुगेका उनले देश, जनता र मावनकल्याणका निम्ति समर्पित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा आफ्नो ध्यानकेन्द्रित रहेको बताएका हुन्। आफूसँग सम्पत्ति नरहेको उनले उल्लेख गरे । भएको समेत दान गरिसकेको उनले बताए। यस्तो अवस्थामा सम्पत्ति कमाउने कुनै लोभलालच नभएको उनको भनाइ थियो। आफू एकप्रकारको सन्त नै भएको ओलीले बताए। कोशी क्षेत्र सप्तऋषिहरूले तपस्या गरेको पवित्र भूमि भएकाले धार्मिक इतिहाससँग जोडिएको स्थानको विकासका निम्ति सदैव सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। उनले पवित्र देवभूमिको संरक्षण गर्नुपर्ने र आउँदो पुस्तालाई पनि यसबारे अवगत गराउनुपर्नेमा जोड दिए । यो वर्ष चतराधाम कुम्भ मेलामा १२ लाख भक्तजनले स्नान गरेको आयोजक समितिले जनाएको छ। गएको चैत २७ गते सुरु भएको पूर्ण महाकुम्भ मेला यही वैशाख २८ सम्म चल्नेछ, र दैनिक जसो लाखौंको संख्यामा धार्मिक भक्तजनहरुको महाकुम्भ मेलामा आउने क्रम जारी छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *