कुन प्रदेशमा कति बजेट?

संबैधानिक व्यवस्था अनुरुप आज असार १गते सातवटै प्रदेशमा प्रदेश सरकारका अर्थमन्त्रीले बजेट पेश गरेका छन् ।

सात वटा प्रदेशमध्य बागमती प्रदेशले सबै भन्दा धेरै बजेट विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० कालागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो ।

EPIC EPIC EPIC

यस्तै सबै भन्दा कम बजेट विनियोजन गर्ने प्रदेशमा भने कर्णाली प्रदेश रहेको छ । कर्णाली सरकारले आगामी आर्थिक वर्षकोलागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

कुन प्रदेशमा कति बजेट

प्रदेश १

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आन्तरिक राजस्व आम्दानीबाट ४ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख रुपैयाँ, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख रुपैयाँ र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड रुपैयाँ गरी सो बराबरको बजेट प्रस्तुत गरेका छन् ।

यस्तै समपूरक अनुदान ९२ करोड र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख संकलन हुने बजेटमा उल्लेख छ ।

मधेश प्रदेश

मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विनियोजन बजेट मध्ये चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ, पुँजीगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार रुपैयाँ गरी सो बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

बागमति प्रदेश

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा कुल विनियोजन मध्ये चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख रुपैयाँ, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड २७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ गरी सो बराबरको बजेट विनियोजन गरेका छन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक भएकाे छ ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँको बजेट विनियाेजन गरेका हुन् ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेश सभा वैठकमा चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ, पूँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाखको बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेश

कर्णाली सरकारले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गरेका हुन् ।

कर्णाली प्रदेश सकारले पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख रुपैयाँ, चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ र वित्तीय हस्तान्तरणतर्फ ४ अर्व १ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

बुधबार प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार गरी सो बराबरको बजेट विनियोजन गरेका हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *