Search
Close this search box.
Search
Close this search box.

कुलमान घिसिङ भन्छन्– तिहारमा लोडसेडिङ हुँदैन, सकेसम्म धेरै विद्युत् प्रयोग गरौँ

काठमाडाैं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा लोडसेडिङ नहुने बताएका छन् । उनले तिहारमा धेरै भन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन् ।



घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताए । उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने प्रष्ट पारे ।

EPIC

‘यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत् उत्पादन हुन्छ, तिहारको लागि विद्युत् आयात गर्नुपर्दैन, बढी पनि हुन्छ’, घिसिङले भनेका छन्, ‘कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत् नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन । तिहारमा विद्युत् जति प्रयोग गर्न सकिन्छ ।’

उनले सकेसम्म तिहारमा विद्युत् पुर्‍याएर निर्यात समेत गर्न पुग्ने विद्युत् प्राधिकरणसँग रहेको बताए । उनले अहिले पनि २१ सय मेगावट विद्युत् उत्पादन भएपनि घटेर १९ सयमा झरेको बताएका छन् ।

‘करिब २ हजार एक सय मेगावाटको उत्पादन अहिले छ । तर त्यो घटेर १९ सय मेगावटमा झरेको छ । दैनिक रुपमा उत्पादन घट्दो क्रममा छ । तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ । अहिले पनि हामीले निर्यात गरिरहेका छौँ । यो वर्ष धेरै निर्यात हुने सम्भावना भने घट्यो’, उनले भनेका छन्, ‘१२ सय मेगावाट विद्युत् निर्यात हुने अवस्थामा पुग्दा ठूलो बाढीपहिरो गयो ।’

अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *