कुवेतका अमिरको निधनमा नेपाल सरकारले आज (सोमबार) शोक मनाउने निर्णय गरेको छ । अमिर शेख नवाफ अल अहमद अल जावेर अल साबको सम्मानमा आज शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार जुन दिन नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको मंसिर ३० गते ८६ वर्षको उमेरमा भएको थियो ।
उनको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
