Search
Close this search box.
Search
Close this search box.

केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

काठमाडौं । सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै यी चार वस्तुको आयातमा रोक लगाइएको जनाएकोे हो ।

सूचनामा गत असार मसान्तसम्म ढुवानी भइसकेका वस्तु आयात गरिने तर साउनदेखि आयात रोकिने जनाइएको छ । २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा आयात गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ ।

EPIC EPIC EPIC

यसअघि २०७७ चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैंठकले एक वर्षदेखि लगाइएको प्रतिबन्ध खुला गर्दै आयातमा कोटा प्रणाली लागू गरेको थियो । सरकारले वार्षिक ८० हजार मेट्रिकटन केराउ, २५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन नधुल्याएको मरिच आयातका लागि कोटा प्रणाली खुला गरेको थियो ।

मन्त्रिपरिषद्को स्वीकृतिका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त वस्तु आयातका लागि आवेदन माग गरेको थियो । सीमित कोटा राखेर आयात खुला गरिएका वस्तु तीन महिनापछि पुनः बन्द गरिएको हो ।

यसअघि २०७६ चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा सरकारले रोक लगाएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *