Search
Close this search box.
Search
Close this search box.

कैलालीको गौरीगंगामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

कैलाली । कैलालीको गौरीगंगामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्युभएको छ ।

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष एवम् नगरपालिका का प्रवक्ता नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो ।

शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कडा खालको निमोनिया देखिएपछि कार्तिक १२ गते असपताल भर्ना भएका शाहलाई १७ गते कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि ७३ वर्षीय शाहलाई कोरोना अस्थायी अस्पतालमा सारिएको थियो । उपचारकै क्रममा शाहको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पुष्टि गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *