Search
Close this search box.
Search
Close this search box.

कैलालीमा असईको हत्या, हबल्दार बेपत्ता

२ कात्तिक, काठमाडौं । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् ।

जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिए ।

असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Source: https://www.onlinekhabar.com/2020/10/904021

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *