Search
Close this search box.
Search
Close this search box.

कोइला बालेर सुतेका आमा–छोराको निस्सासिएर मृत्यु

वीरेन्द्रनगर नगरपालिका– ४ भैरवस्थानस्थित समावेशी टोलमा कोठा न्यानो गराउन कोइला बालेर सुतेका आमा–छोराको निस्सासिएर मृत्यु भएको छ । सँगै सुतेकी छोरीको अवस्था गम्भीर छ । 

प्रहरीका अनुसार ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियानको मृत्यु भएको हो । देवीकी नौ वर्षीया छोरी रियाको अवस्था पनि गम्भीर छ । 

EPIC EPIC EPIC

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीर विश्वकर्माले रियाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको बताए । चिसो बढेसँगै कोठा तताउन उनीहरू कोइला सल्काएर सुतेका थिए । कोइलाको धुवाँ भरिएर मानवीय क्षति भएको आशंका प्रहरीको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *