Search
Close this search box.
Search
Close this search box.

कोभिडबीच छ महिनामै थपिए १२ हजार कम्पनी

काठमाडौ । संसारभर कोरोना भाइरसले आर्थिक क्षेत्रलाई नराम्रोसँग प्रभाव पारिरहेका बेला नेपालमा भने नयाँ उद्योग व्यवसाय स्थापनाको क्रममा कमी आएको छैन । नेपालमा कोभिड अवधिमै कम्पनी दर्ताको अवस्था केही उत्साहजनक देखिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको मंसिरसम्म ११ हजार ९ सय ७६ नयाँ कम्पनी दर्ता भएका छन् । गत वर्षको सोही अवधिको तुलानामा यो दर्ता ८।७ प्रतिशतले बढी हो ।


कम्पनी रजिष्ट्रारको कार्यालयका सूचना अधिकारी रामप्रसाद ढकालका अनुसार, कोभिडको प्रभाव घट्दै जाँदा कम्पनी दर्ता गर्ने र व्यवसाय गर्न खोज्नेहरूको संख्यामा वृद्धि भएको छ । उनका अनुसार अहिले प्रतिदिन सयदेखि डेढ सय कम्पनी दर्ता भइरहेको छ । दर्ता हुने अधिकांश कम्पनीहरू व्यवसायमूलक छन् भने त्यसमा पनि सानो लगानीमा दर्ता हुनेको संख्या धेरै छ । तथ्यांकअनुसार २०७६ को साउनदेखि मंसिरसम्ममा दर्ता भएका कम्पनीको संख्या ११ हजार १६ थियो भने २०७५ को सोही अवधिसम्ममा ११ हजार २ सय ८० कम्पनी दर्ता भएका थिए ।


आर्थिक वर्ष २०७४/७५ को मंसिरसम्ममा ८ हजार ९ सय ९८ कम्पनी दर्ता भएकोमा २०७३÷७४ को मंसिरसम्ममा ८ हजार २९ कम्पनी दर्ता रहेको कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेखमा उल्लेख गरिएको छ ।


नेपालमा तुलनात्मक रूपमा कम्पनी खारेजी गर्न भन्दा कम्पनी दर्ता सहज छ । झन्झटिलो खारेजी प्रक्रियाका कारण झन्डै ५० हजार कम्पनीहरू न त चल्न सकेका छन् न बन्द नै हुन सकेको अवस्था छ । कम्पनी रजिष्ट्रारमा हालसम्म साढे २ लाख कम्पनी दर्ता भएका छन् । कोभिडको प्रभाव कम हुँदै जाँदा कम्पनी दर्ताको ट्रेण्ड अझ सूचना अधिकारी ढकाल बताउँछन् ।


पछिल्लो समय स्वरोजगारमूलक व्यवसाय सञ्चालनको लहर चल्दै आएको छ । विदेशमा काम गरेर फर्केका नेपालीले सानो पुँजीमा सिर्जनशील व्यवसाय गर्न थालेका कारण मुलुकमा स्वरोजगारको अवस्थामा सुधार आएको जानकारहरू बताउँछन् । साना तथा मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड भएकाले यस्ता उद्योगको संख्या बढ्नु सकारात्मक रहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् ।


“कोरोनाका कारण साना मझौला तथा स्वरोजगारमा आधारित र अनौपचारिक क्षेत्रका चार लाख उद्योग व्यवसायहरु बन्द भएको तथ्यांक सार्वजनिक भइसकेको अवस्थामा नयाँ उद्योगमा आकर्षण बढ्नु स्वागतयोग्य छ,” ढकाल भन्छन्, “यस्ता व्यवसायमा रहेका जोखिम भने कम गर्दै लैजानुपर्छ नत्र समग्र अर्थतन्त्रमा नै निराशा पैदा हुनसक्छ ।” उनका अनुसार कोरोनाका कारण सानादेखि मझौला एवम् ठूला सबै प्रकृतिका उद्योग व्यवसायमा असर पारेको छ । तीमध्ये अधिकांश प्रत्यक्ष नगद राहत कार्यक्रमविना पुनर्जिवित हुनै नसक्ने जोखिम देखिएको छ ।/कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी दर्तालाई थप सहज बनाएको छ । गत वर्षको भदौदेखि अनलाइमार्फत कम्पनी दर्ता सकिन्छ । अनलाइनबाट कम्पनी दर्तामा वाह्य व्यक्तिको प्रवेशकै कारण भ्रष्टाचारको अखडाको रूपमा लिन थालेपछि अनलाइन प्रणालीमार्फत कम्पनी दर्ताको प्रक्रिया अघि बढाउन खोजिएको हो ।

पछिल्लो समय युवाहरू विभिन्न व्यापार, व्यवसाय, उद्योग वा कम्पनी स्थापना गर्नतर्फ उन्मुख भएका छन् । यसरी कुनै पनि प्रकारको व्यवसाय सञ्चालन गर्दा व्यवसायको प्रकृति हेरेर सरकारको सम्बन्धित निकायमा व्यवसाय दर्ता गराउनुपर्ने हुन्छ ।


अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानिने कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानी कार्य गरिने हुँदा प्रस्तावित प्रवन्धपत्र र नियमावलीको २ प्रति बाहेक अन्य कागजी विवरण आवश्यक नपर्ने बताएको छ । यसरी दर्ता भएका कम्पनीको छुटै कागजी फाइल खडा नगरिने र अर्को पटक यस कार्यालयमा उक्त कम्पनीको सम्बन्धमा काम गर्नु पर्दा कम्पनीले अनलाइनबाटै पेश गरेका विवरण र विद्युतीय अभिलेखलाई नै आधार मानी गरिने उक्त सूचनामा उल्लेख गरिएको छ ।

नयाँ तथा पुराना कम्पनीले अबदेखि कम्पनी ऐन २०६३ बमोजिम बुझाउनुपर्ने वार्षिक विवरण, लेखा परीक्षण प्रतिवेदन, लगायतका सबै विवरणहरू अनलाइन मार्फत बुझाउनु पर्ने व्यवस्था कम्पनी रजिष्ट्रारले गरेको छ । कार्यालयका अनुसार छुटै हार्डकपी बुझाउनु नपर्ने र कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालयमा त्यस्ता विवरणहरू सक्कल सहित राख्नुपर्ने जनाएको छ ।


सेयर लागत अभिलेख दर्ता गर्दा अनलाइन मार्फत कम्पनीले पेश गरेपछि कार्यालयबाट अभिलेख जनाई एकप्रति लगत कम्पनीले लाने र एकप्रति कार्यालयले विद्युतीय अभिलेख राख्ने गरेको छ । कम्पनी ऐनअनुसार सेयर दर्ता किताब सम्बन्धित कम्पनीले नै तयार गरी राख्नुपर्ने व्यवस्था भएकाले कम्पनीले कार्यालयमा अभिलेख दर्ता गरेको विवरणमा कनै फरक परेमा सम्बन्धित कम्पनी नै जवाफदेही हुने कार्यालयले बताएको छ । कम्पनी दर्तालाई अझ सहज बनाइँदै जाने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *