कोभिड कृषि कार्यक्रमः जनप्रतिनिधिका आफन्तको रजाइँ

गुल्मी । रेसुंगा नगरपालिका–९ का पशुपतिराज मरासिनी रेसुंगा नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक हुन् । उनले नगरपालिकामा श्रीमतीका नाममा मरासिनी मौरी फर्म दर्ता गराएका छन् । उनको घरमा अहिले तीनवटा मौरीका घार छन् ।

EPIC

ती घारबाट वार्षिक २४ किलो मह उत्पादन हुन्छ, जसको मूल्य २८ हजार ८ सय हुन्छ । फर्मलाई लुम्बिनी प्रदेश सरकारको कोभिड विशेष अनुदान कार्यक्रमबाट २० हजार अनुदान दिइएको छ ।

रेसुंगा नगरपालिका–६ की शान्ता पोखरेलले गत असारमा प्रदेश सरकारले दिने भनेको कोभिड कृषि कार्यक्रममा अनुदानका लागि फाराम भरिन् । उनी अनुदानका लागि योग्य पनि भइन् र २० हजार प्राप्त गरिन् । उनी सोही वडाका वडा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रेसुंगा नगरकमिटी अध्यक्ष हरिप्रसाद पोखरेलकी श्रीमती हुन् ।

पोखरेलले च्याउ खेती गरेको भन्दै वडाले अनुदानका लागि सिफारिस दिएको हो । सोही वडाका वडाध्यक्ष गनबहादुर गुरुङले श्रीमती रामप्यारी गुरुङलाई कोभिड विशेष अनुदानका लागि सिफारिस गरे । रामप्यारीले पशुपालन व्यवसाय गरेको भनेर अनुदान पाइन् पनि ।

EPIC EPIC EPIC

रेसुंगा नगरपालिका–१० का नेकपाका अध्यक्ष देवीराम पाण्डेले श्रीमती सरस्वती पाण्डेका नाममा कोभिड विशेष अनुदानका लागि फाराम भरे । उक्त वडामा नेकपाकै तर्फबाट विजयी पदमप्रसाद पाण्डे वडाध्यक्ष छन् ।

EPIC

“सोही वडाका वडाध्यक्ष उदय थापाले आफ्नै भाई गणेश थापालाई पशुपालनतर्फको अनुदान दिलाए पनि उनको घरमा व्यावसायिक पशुपालन गरिएको छैन ।”

जसका कारण सरस्वतीको नाममा तरकारी खेती गरेको भन्दै २० हजार विनियोजन भयो । सोही वडाकै वडादस्य मिनुराम पाण्डेकी श्रीमती अमृता पाण्डेले कोभिड विशेष अनुदानका लागि वडा कार्यालयमा फाराम भरिन् । उनी अनुदानका लागि योग्य पनि भइन् ।

नगरपालिकाको वडा नम्बर ९ बसपार्कका पुरुषोत्तम पन्थीले घर अगाडि करिब १० ओटा मुला, ३० ओटा प्याजका बिरुवा र ५÷७ वटा रायोको साग लगाएका छन् । तर राजनीतिक पहुँचका कारण उनले पनि राहतस्वरूप २० हजार लिए । उनी व्यावसायिक तरकारी खेती गर्ने सुरमै छैनन् ।

सोही वडाका खिमबहादुर विक, पुरन नेपाली र मुना विकले पनि प्रदेश सरकारबाट २०÷२० हजार अनुदान पाए । उनीहरुको घरमा व्यावसायिक पशुपालन तथा तरकारी खेती गरिएको छैन । वडाध्यक्ष नारायण बरालले वडामा तरकारी खेतीमा जम्मा तीन जनाले मात्र फाराम भरेकोले सबैले पाएको दाबी गरे ।

रेसुंगा नगरपालिका–३ का पूर्ण केसी नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति हुन् । उनको वडामा नेपाली कांग्रेसबाट विजयी थम्मनबहादुर थापा वडाध्यक्ष छन् । यसले गर्दा उनले पनि प्रदेश सरकारको कोभिड विशेष अनुदान २० हजार हात पारेका छन् ।

वडा नम्बर २ का वडा सदस्य शेरबहादुर विकले भाइ बुहारी पूजा विकलाई कोभिड अनुदान दिलाएका छन् । सोही वडाका वडाध्यक्ष उदय थापाले आफ्नै भाई गणेश थापालाई पशुपालनतर्फको अनुदान दिलाए पनि उनको घरमा व्यावसायिक पशुपालन गरिएको छैन । राजधानी दैनिकमा खबर छ ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar