Search
Close this search box.
Search
Close this search box.

कोभिड महामारी फैलिएको पाँच वर्षपछि डब्लूएचओले चीनसँग तथ्याङ्क माग्यो

एजेन्सी।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले चीनसँग विश्वभर फैलिएको कोभिड–१९ महामारीको उत्पत्तिसँग सम्बन्धित तथ्याङ्क मागेको छ ।

EPIC EPIC EPIC

डब्लूएचओले पाँच वर्षअघि चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ महामारीबारेको सम्पूर्ण तथ्याङ्क उपलब्ध गराउन अनुरोध गरेको हो । कोभिड महामारीको पाँच वर्ष पूरा भएपछि नैतिक र वैज्ञानिक आवश्यकता भन्दै डब्लूएचओले तथ्याङ्क मागेको बीबीसीले जनाएको छ ।

डब्लूएचओले निकालेको विज्ञप्तिमा विभिन्न देशहरू बीचको पारदर्शीता, साझेदारी र सहयोगविना विश्वले भविष्यमा हुने महामारी र सङ्क्रमणलाई रोक्न र तयारी गर्न नसक्ने उल्लेख गरेको छ ।

धेरै वैज्ञानिकहरूले यो भाइरस जनावरहरूबाट मानिसमा फैलिएको बताएका छन् तर केही अझै पनि यो वुहानको प्रयोगशालाबाट उत्पन्न भएको शङ्का गरिरहेका छन् । चीनले भने कोभिडसम्बन्धी जानकारी केही नलुकाइ साझा गरेको दाबी गरेको छ ।

डब्लूएचओले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क र पहुँचको आग्रह गरेपछि चीनको प्रतिक्रिया आएको हो ।

चीनको मध्य शहर वुहानमा पहिलो पटक देखा परेको कोभिड–१९ले विश्वभरि फैलिएर लाखौं मानिसको ज्यान लिएको थियो भने अर्थतन्त्रलाई तहसनहस पार्नुका साथै स्वास्थ्य प्रणालीलाई कमजोर बनाएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *