Search
Close this search box.
Search
Close this search box.

कोरोनाका कारण झापामा एक महिलाको मृत्यु

झापा, १२ चैत । कन्काइ–३ स्थित सुरुङ्गामा कोरोनाका कारण एक महिलाको मृत्यु भएको छ ।

सुरुङ्गाकी ३९ वर्षीया महिलाको वीएण्डसी अस्पताल बिर्तामोडमा कोरोनाका कारण बिहीबार बिहान मृत्यु भएको हो ।

सुरुङ्गा बजारमा पसल गरी बस्ने उनको वीएण्डसी अस्पतालमा बिहान ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

१० दिन अघि मात्र ती महिला भारत आफन्तकोमा पुगी घर फर्किएको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए । भारतबाट घर फर्किएसँगै श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई बिर्तामोडको बिर्ता सिटी अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा उक्त महिलामा कोरोना पुष्टि भएसँगै थप उपचारका लागि बीएण्डसी रेफर गरिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमित महिलाको आज मृत्यु भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *