कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या शून्यमा झर्‍यो

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण विदेशमा मृत्यु नेपालीको संख्या यो साता शून्यमा झरेको छ।

EPIC

गैरआवासीय नेपाली संघ -एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार पछिल्लो ६ सातायता पहिलो पटक संक्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या शून्य कायम रहेको हो ।

एनआरएनएका अनुसार गत वर्षदेखि विश्वव्यापी रुपमा फैलियो कोरोना भाइरस संक्रमणका कारण गत सातासम्ममा २१ देशमा तीन सय सय ४१ जना नेपालीको मृत्यु भएको थियो।

एनआरएनएका स्वास्थ्य समितिका संयोजक डा।सापकोटाका अनुसार यो साता कोरोना संक्रमण दरमा समेत उल्लेख्य रुपमा कमी आएको छ। यो साता स्वीडेन, स्पेन, केन्या, युएईमा रहेका थप नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।

EPIC EPIC EPIC

हालसम्म ५३ देशमा ६३ हजार तीन सय सात जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको एनआरएनएले बताएको छ। तीमध्ये ६१ हजार दुई सय ३७ जना कोरोना संक्रमण मुक्त भएका छन्।

EPIC

यसैबीच, कोरोना भाइरसका कारण नेपालमा तीन हजार १४ जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७५ हजार एक सय ७८ जना रहेको छ।

नेपालमा रहेका संक्रमितमध्ये दुई लाख ७१ हजार दुई सय ४९ जना कोरोनाबाट मुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा।सापकोटाले हाल विश्वभर प्रयोगमा रहेका खोपहरु सुरक्षित रहेकाले ढुक्क भएर लगाउन समेत आग्रह गरेका छन्।

खोपका विषयमा हालसम्म पनि विभिन्न खाले भ्रम यथावत रहेको भन्दै उनले केही अपवाद बाहेक खोप प्रयोगबाट कुनै खाले गम्भीर समस्या नदेखिएको बताए।

“खोप सुरक्षित छ, तर केही विशेष अवस्थाका मानिस जस्तै जसको प्रतिरक्षा प्रणाली कमजोर छ, जटिल रोग लागेका तथा अन्य जटिल स्वास्थ्य समस्या भएकाले भने चिकित्सकसँग सल्लाह गरेर मात्रै खोप लिन हुने वा नहुने निश्चित गरेर मात्रै प्रयोग गर्नुपर्छ”, डा.सापकोटाले बताए।

खोप लगाएपछि पनि मास्कको प्रयोग, स्वास्थ्य मापदण्ड भने अपनाउनु पर्ने उनले जनाए।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar