Search
Close this search box.
Search
Close this search box.

कोरोनाको कहर : हालसम्म १ लाख २३ हजार बढी नेपाली स्वदेश फर्किए 

काठमाडौं । कोरोना भाइरस महामारीको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका एक लाख २३ हजार ८ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । विभिन्न ३३ मुलुकबाट नियमित र चार्टर्ड उडानमार्फत नेपाली स्वदेश फर्किएका हुन् ।

कोरोना संकट व्यवस्थापन सञ्चालन केन्द्र ‘सीसीएमसी‘का अनुसार मुुलुकमा चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएता अहिलेसम्म एकलाख भन्दा बढी विदेशवाट फर्केका हुन् । कोरोना संक्रमणबाट असहज अवस्थामा रहेका नेपाली स्वदेश फर्कने क्रम जारी नै रहेको छ ।

सीसीएमसीका अनुसार अहिलेसम्म मलेसियाबाट १७ हजार ९ सय २४ जना, यूएईबाट ३५ हजार ९ सय ९२ जना, साउदी अरबबाट १७ हजार ३ सय २२ जना घर फर्केका छन् ।

त्यस्तै कतारबाट २३ हजार १ सय ३५ जना, कुवेतबाट नौ हजार ९ सय २३ जना, ओमानबाट दुई हजार १ सय २६ जना, बहराइनबाट एक हजार ३ सय ३९ जना नेपाली स्वदेश फर्किएको केन्द्रले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *