Search
Close this search box.
Search
Close this search box.

कोरोनाको दोस्रो लहर:बुद्धशान्तिका एक सहित झापामा आज ५० जनामा कोरोना

झापा(बुद्धशान्ति ) । झापामा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संख्या कोरोना कहरको दोस्रो लहर सुरु भएयता कै उच्च रहेको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले बताएका छन् ।

उनका अनुसार झापामा १८ महिला र ३२ पुरुषमा कोरोना भेटिएको हो । थपिएका संक्रमितहरुमा बिर्तामोडमा १३, गौरीगञ्जमा ११, दमकमा ५ रहेका छन् ।

त्यस्तै भद्रपुर, कन्काइ, अर्जुनधारा र शिवसताक्षीमा ३/३ जना संक्रमण भएको    छ । बाह्रदशी, बुद्धशान्ति र झापा गाउँपालिकामा १/१ जनामा संक्रमण भएको थियो ।

झापामा बुधबार थप एक कोरोना संक्रमितको निधनसमेत भएको छ । निधन हुनेमा झापा गाउँपालिका वडा नम्बर ४ का ५५ बर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ ।

एकैदिन ५० संक्रमित थपिदा झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ३९ पुगेको छ ।

हालसम्म कुल ४ हजार ८९५ जना संक्रमित जिल्ला पुष्टि भएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *