Search
Close this search box.
Search
Close this search box.

कोरोनाको दोस्रो लहर : गाउँघर संक्रमणको जोखिममा

तीर्थ तिम्सिना, झापा – अति प्रभावित क्षेत्रबाट मानिसहरु गाउँमा छिर्नथालेपछि कोरोना भाइरस संक्रमण गाउँघरमा देखिन थालेको छ । कामको सिलसिलामा छिमेकी मुलुक भारतमात्रै होइन, नेपालकै कोरोना प्रभावित भएका जिल्लाहरुबाट घर फर्किनेलाई नाकाबाट क्वारेन्टिन र आइसोलेसनमा नराखी सिधै घर पठाउँदा कोरोनाको जोखिम बढेको छ ।

स्थानीय तहले क्वारेन्टाईन तथा आइसोलेसनमा नराखी सिधै घर पठाउँदा समुदायस्तरमा कोरोनाको त्रास फैलिएको छ । शनिबार साँझ सम्ममा झापा जिल्लामा ४१० जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या पनि दिनदिनै बढ्न थालसंगै स्वास्थ्य संरचना र जनशक्तिले थेग्न मुस्किल हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताएका छन् ।


आजराति देखि झापामा ७ दिनका लागि निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय झापाले आज आइतबार रातिदेखि ७ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि स्थानीय प्रशासनले आज वैशाख १९ गते आइतबारको मध्यरातदेखि २६ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
समुदाय तहमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।


झापामा सेना परिचालन
झापाका पाँच स्थानीय तहमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । जसअनुसार नेपाली सेनाले गस्ती शुरु गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले मेचीनगर, भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगन्ज र झापा गाउँपालिकामा सेनाले गस्ती गर्न शुरु गरेको बताएका छन् । उनले ती पाँच स्थानीय तह भारतसँग सीमा जोडिएका स्थानीय तह भएकाले सीमा क्षेत्र भन्दा पाँच किलो मिटर उत्तर क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सपोर्टका लागि सेना परिचालन गरिएको बताए ।

फाईल तस्वीर

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *