कोरोनाबाट २० देशमा ३०१ नेपालीको मृत्यु, साढे ४८ हजारभन्दा बढीमा संक्रमण

काठमाडौं। विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ३०१ जना पुगेको छ।

EPIC

गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ नेपालीको विदेशमा मृत्यु भएको छ। यो साता जर्मनी र भारतमा १र१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

“कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घट्ना हो,” एनआरएनएद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा। सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ।

EPIC EPIC EPIC

हिजो साँझसम्म विदेशका ४९ मुलुकमा ४८ हजार ६३९ जना गैरआवासीय नेपाली संक्रमित भएका छन्। सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। विदेशमा रहको संक्रमित नेपालीमध्ये ९१ प्रतिशत निको भइसकेका छन्।

EPIC

हालसम्म नेपालभित्र मात्र दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन्। नेपालभित्र रहेका संक्रमितमध्ये दुई लाख ३४ हजार ७५६ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९२ दशमलव ३ प्रतिशत रहेको छ।

नेपालमा कोरोना भाइरस संक्रमणको कारण हालसम्म एक हजार ५२९ जनाको ज्यान गएको छ।

छिट्टै खोप आउने विश्वास

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सन्जीव सापकोटाले कोरोना भाइर विरुद्धको खोप अब छिट्टै प्रयोगमा आउने संकेत देखा परेको भन्दै खुसी व्यक्त गरेका छन्।

रुसले निर्माण गरेको स्पुतनिक ५ खोपको सामुहिक परिक्षण सुरू गरेको र बेलायत तथा बहराइनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्त रूपमा निर्माण गरेका खोपको प्रयोगका लागि अनुमति दिएसँगै नयाँ आशा पलाएको उनले जनाए।

नेपाली समुदायको ठूलो आवादी रहेको अमेरिकालगायतका मुलुकमा खोप प्रयोगको लागि एफडीएद्वारा अझै मान्यता प्राप्त नभएको र संक्रमण दर समेत उच्च रहेकोले सावधानी अपनाउन उनले सबैलाई आग्रह गरेका छन्।

विदेशमा रहेका नेपालीहरू संक्रमणको उच्च जोखिमबाट अझै मुक्त नभएको भन्दै डा. सापकोटाले उच्च स्वास्थ्य सावधानी अपनाएर जनजीवन सामान्य बनाउन अनुरोध गरेका छन्।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar