कोरोनाले वडाध्यक्षको मृत्यु

बाजुरा – बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकको कोरानाका कारण मृत्यु भएको छ।

EPIC

अत्याधिक ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले जिल्ला अस्पताल बाजुरामा पुर्‍याएका थिए। अस्पतालमा कोरोना चेक गर्दा पोजेटिभ देखिएको जिल्ला अस्पताल बाजुराका कोरोना फोकल पर्सन चुडामणि पन्तले जानकारी दिएका छन्।

जिल्ला अस्पताल बाजुरामा उपचार असम्भव भएपछि शनिबार दिउँसो डडेलधुरा रिफर गरिएको थियो। रिफर गरिएका विक बाटोमा लाँदै गर्दा अछामको साफेबगरमा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar