Search
Close this search box.
Search
Close this search box.

कोरोना कहरः कुन प्रदेशमा कति संक्रमितको मृत्यु, कति डिस्चार्ज र कति उपचाररत ?

काठमाडौं / नेपालमा कोरोना संक्रमित मृतकको संख्या १५ सय नाघिसकेको छ। संक्रमितको संख्या पनि २ लाख ३३ हजार बढी छ। प्रदेशगत रुपमा हेर्ने हो भने बागमती प्रदेशमा कोरोना संक्रमित र मृतकको संख्या सबैभन्दा बढी छ।

बागमती प्रदेशमा मात्र ७ सय ७४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बागमती प्रदेशमा ९ हजार ९ सय १६ जना सक्रिय संक्रमित छन् भने १ लाख १८ हजार ६४ जना उपचारपछि निको भइसकेका छन्।

बागमतीपछि लुम्बिनी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या सबैभन्दा धेरै छ। यहाँ मृतकको संख्या २ सय २ पुगेको छ। संक्रिय संक्रमितको संख्या १ हजार ८ सय ४६ पुगेको छ भने निको हुनेको संख्या २३ हजार ८ सय ४६ रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, प्रदेश १ मा १ सय ९२ जना संक्रमितको मृत्यु भएको छ। सक्रिय संक्रमित १ हजार ९ सय ६२ छ भने २५ हजार २ सय ८४ जना उपचारपछि निको भएका छन्।

प्रदेश २ मा १ सय ९६ जना संक्रमितको मृत्यु हुँदा १९ हजार ५ सय ५६ जना डिस्चार्ज भएका छन्। यहाँ सक्रिय संक्रमितको संख्या ३ सय ५१ जना मात्र छ।

गण्डकी प्रदेशमा १ सय ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। १२ हजार ६ सय ५३ जना निको भइसकेका छन् भने गण्डकी प्रदेशमा १ हजार ७ सय २६ जना सक्रिय संक्रमित छन्।

यस्तै, कर्णाली प्रदेशमा २३ जना संक्रमितको मृत्यु हुँदा ५ हजार ९ सय ४३ जना उपचारपछि डिस्चार्ज भएका छन्। हाल कर्णाली प्रदेशमा १ सय ४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ३९ संक्रमितको मृत्यु भएको छ। ११ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन्। ६ सय ७२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्यखबर

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *