Search
Close this search box.
Search
Close this search box.

कोरोना कहरको दोस्रो लहर :बुद्धशान्तिका ६ सहित झापामा १३५ संक्रमित

बुद्धशान्ति – झापामा शुक्रबार १३५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारीमा शुक्रबार ५४ महिला र ८१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

शुक्रबारका संक्रमितहरुमा बिर्तामोड २५, दमक र कनकाई २०/२०, भद्रपुर १७, मेचीनगर र गौरादहमा ९/९ जना, कमलमा ७, हल्दिबारी र बुद्धशान्तिमा ६/६ जना रहेका छन् ।

त्यस्तै अर्जुनधारा ५, शिवसताक्षी ४, बाह्रदशी र कचनकबल २/२ जना र ठेगाना नखुलेका ३ जना रहेका छन् ।

झापामा थप दुई कोरोना संक्रमितको निधन भएको छ । दमक ३ की ३१ बर्षीय महिला र गौरादह ४ का ५० बर्षीय महिला रहेको कार्यालयले जनाएको छ ।

झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार २०३ पुग्दा १४६ जनाले ज्यान गुमाएका छन् । हेर्नुहोस् झापाको अवस्था

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *