Search
Close this search box.
Search
Close this search box.

कोरोना कहर : आज दमक, झापा र बुद्धशान्तिमा कोरोना संक्रमितको मृत्यु

झापा । कोरोना संक्रमणबाट झापाका तीन जनाको निधन भएको छ । दमक नगरपालिका, बुद्धशान्ति र झापा गाउँपालिकाका व्यक्तिको मृत्यु भएको हो ।

झापाको दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं २ का ३६ वर्षिय बिशाल विक रहेका छन् । दमक नगरपालिकाको कोभिड हस्पिटलबाट उपचारका लागि विराटनगरतर्फ लादै गर्दा उनको बिहान ११ बजे बाटैमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २७ पुगेको छ ।

बुद्धशान्तिमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै गएराति मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएकी महिला बुद्धशान्ति गाउँपालिकाको भएको खुलेको छ । यसअघि मेचीनगर ७ ठेगाना भएको बताइएकोमा उनको घर बुद्धशान्ति गाउँपालिका ३ मा भएको गाउँपालिका स्वास्थ्य शाखाका भोला अधिकारीले बताए । ती महिलाको शव नेपाली सेनाले अन्त्येष्टि गरेको उनले बताए । बुद्धशान्तिमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको छ ।

झापामा आज तीन जनाको मृत्यु भएको छ । आजै झापा गाउँपालिका ५ की २४ वर्षिया गीता राजवंशीको धरानमा मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ८१ पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *