Search
Close this search box.
Search
Close this search box.

कोरोना कहर : मेची अस्पतालमा बुद्धशान्ति र मेचीनगरका संक्रमितको मृत्यु

झापा । मेची अञ्चल अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति र मेचीनगरका व्यक्ति रहेका छन् ।

अस्पतालको एचडियु वार्डमा उपचाररत दुवै जनाको आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमणबाट मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ निवासी ५० वर्षीय पुरुष रहेका छन् ।

यस्तै, बुद्धशान्ति गाउँपालिका ४ निवासी ४६ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए ।

सूचना अधिकारी पोखरेलका अनुसार उनीहरु दुई दिनअघि अस्पतालमा भर्ना भएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *