Search
Close this search box.
Search
Close this search box.

कोरोना कहर : रौतहटमा निषेधाज्ञा जारी

रौतहट । कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले पुनः निषेधाज्ञा लगाएको छ । दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार रातिदेखि आउँदो मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो । निषेधाज्ञा पालन गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै पालिका, व्यापारिक संघसंस्था, सामाजिक संघसंस्थालाई प्रशासनले आग्रह गरेको छ ।

निषेधाज्ञाका बेला खेलकुद, नाच, मेला, भीडभाड, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, सभा जुलुस र प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ । मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक तथा सांस्कृतिक स्थलमा पनि दैनिक नित्य पूजाबाहेक गतिविधि सञ्चालन नगर्न भनिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *