कोरोना कहर- विदेशमा थप तीन नेपालीको मृत्यु, विदेशमा संक्रमित हुने नेपालीको संख्या ५३ हजार नाघ्यो

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ एनआएनएका अनुसार यो साता बेलायतमा एक जना र पोर्चुगलमा २ जनाको मृत्यु भएको हो।

EPIC

एनआएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुने नेपालीको कूल संख्या ३१५ पुगेको छ।

एनआएनएको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये ५० हजार ६५६ जना कोरोनामुक्त भएका छन्। यो कूल संक्रमितको ९४ प्रतिशत हो।

एनआएनए स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ।

EPIC EPIC EPIC

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ८७० जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६१ हजार ४३८ छ, जसमध्ये दुई लाख ५३ हजार ८५७ जना अर्थात् ९७।१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar