Search
Close this search box.
Search
Close this search box.

कोरोना कहर -सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ लाख ३८ हजार नाघ्यो

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप आठ हजार ६३८ जनाले ज्यान गुमाउन पुगेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज शुक्रबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ३८ हजार ७४७ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २।५३ प्रतिशत हो। हालसम्म विश्वभर चार करोड ८९ लाख ९७ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ७१।३४ प्रतिशत अर्थात् तीन करोड ४९ लाख ५५ हजार ६७९ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड २८ लाख तीन हजार २१० जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ४० हजार ९१० जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार १८१ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६१ हजार ७७९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २५ हजार २९ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९३ हजार २२८, बेलायतमा ४८ हजार १२०, इटलीमा ४० हजार १९२, फ्रान्समा ३९ हजार ३७, स्पेनमा ३८ हजार ४८६, इरानमा ३६ हजार ९८५, पेरूमा ३४ हजार ७३०, कोलम्बियामा ३२ हजार २०९, अर्जेन्टिनामा ३२ हजार ७६६ तथा रसियामा २९ हजार ५०९ जनाको मृत्यु भएको तथ्यांक छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *