कोरोना कहर: सङ्क्रमण दर घट्दो, मृत्युदर बढ्दो !

नेपालमा पछिल्लो समय कोभिड सङ्क्रमण दर घटे पनि मृत्यु दर बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक साताको तथ्याङ्कलाई केलाउँदा दैनिक ७ जनादेखि १६ जनासम्मको मृत्यु भएको छ । सङ्क्रमणकै कारण माघ १ गतेदेखि २१ गतेसम्म २०१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सङ्क्रमित अस्पताल भर्ना हुने दर घटेको छैन । सरकारले माघको तेस्रो सातादेखि सङ्क्रमितको सङ्ख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेअनुसार कम हुँदै गए पनि मृत्यु दरमा भने कमी आएको छैन । वीर अस्पतालका डा. प्रज्वल श्रेष्ठ कोभिड वार्डको आईसीयूमा भर्ना हुने दीर्घरोगी र वृद्धावृद्धाको सङ्ख्यामा कमी नआएको बताउँछन् ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *