Search
Close this search box.
Search
Close this search box.

कोरोना बिरुद्धको खोप चल्दै, सुरक्षीत महसुस गर्दै ज्येष्ठ नागरिक

तीर्थ तिम्सिना,

झापा – सरकारले ६५ बर्ष उमेर समूहदेखि माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गरेको छ ।

पहिलो चरणको अभियान माघ १४ गते सुरु भएको थियो। उक्त अभियान अस्पताल केन्द्रीत थियो । दोस्रो चरणको अभियान खोप केन्द्रलाई आधार बनाएर सञ्चालन भईरहेको छ । पहिलो चरणमा करिब ५ लाख जनाले खोप लगाएका छन् ।

पहिलो चरणको अभियान सफलतापूर्वक सम्पन्न भएपछि ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकले खोप लगाउने पालो आएको हो । ६९ वर्र्षीय प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरेका हुन् ।

दोस्रो चरणमा ६५ वर्ष नाघेका देशैभरबाट १७ लाख ९१ हजार नागरिक खोपबाट लाभान्वित हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘यो चरण अत्यन्तै महत्वपूर्ण छ। खोप अभियान साह्रै जोखिममा रहेको जनसंख्याका लागि सञ्चालन गर्दै छौं’, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रेस ब्रिफिङका क्रममा भने ।

उनले – तपाईं द्विविधामा हुनुहुन्छ भने ढुक्क भएर खोप लगाउन जानुहोस् । यसले कोरोना भाइरस संक्रमण हुनबाट जोगाउँछ। दीर्घ रोगहरू (मुटु, फोक्सो, मिर्गौलाका र क्यान्सर) भएका व्यक्तिले पनि खोप लगाए हुने समेत बताए । यस्तै, रोग प्रतिरक्षा कमी वा एचआईभी÷एड्स भएका व्यक्तिले पनि खोप लगाउन मिल्छ।

खोप सुरक्षित र प्रभावकारी छ

कोरोना बिरुद्धको खोप मांशपेशीभित्र दिइने भएकाले ७१ प्रतिशत प्रभावकारी रहेको चिकित्सकको भनाई छ । खोपको दोस्रो डोज लगाएपछि प्रभावकारिता झन् वृद्धि हुने विज्ञ बताउँछन् । डाक्टरका अनुसार पहिलो डोज जुन लगाइएको छ, दोस्रो डोज पनि त्यही लगाउनुपर्छ। यो खोप कम्तीमा ८ हप्ताको फरकमा दुई डोज लगाउनुपर्छ ।


कस्ता व्यक्तिले लगाउने खोप ?
चिकित्सकका अनुसार पहिला कोभिड १९ संक्रमण भएका व्यक्तिले खोप लगाउन मिल्ने छ । रोग प्रतिरोधात्मक औषधि सेवन गरिरहेका बिरामीमा तुलनात्मक रूपमा कम प्रतिरक्षा शक्ति प्रदान गर्न सक्छ तर गर्भवती महिलालाई भने यो खोप दिनुहुँदैन। तर, स्तनपान गराइरहेका आमालाई खोप दिन सकिन्छ।’ ‘कुनै कारण’ले गम्भीर बिरामी भएका व्यक्तिले पनि खोप लगाउन नहुने चिकित्सकको सुझाव छ।


खोप दस दिनसम्म चल्ने
६५ वर्षमाथिको उमेर समूहलाई १० दिनसम्म खोप प्रदान गरिनेछ। त्यसलगत्तै ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो समूहको जनसंख्या ३७ लाख छ। बाँकी रहेको २८ लाख जनसंख्यालाई खोप उपलब्धताका आधारमा खोप अभियानमा सहभागी गराइनेछ।

सामान्य लक्षण देखा पर्न सक्छ, नआत्तिन आग्रह !
कोभिसिल्ड खोप लगाएका झन्डै ६० प्रतिशतलाई सामान्य ज्वरो आउन सक्ने सम्भावना हुने चिकित्सकको भनाई छ । ‘खोप लगाएपछि ज्वरो आउने, जीउ तथा टाउको दुख्ने, कमजोरी महसुस हुने, रुघाखोकी लागेजस्तो हुन सक्छ’, स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद पौडेलले भने, ‘यी लक्षण सामान्य हुन्। केही दिनपछि आफै हराएर जान्छन्। कोही पनि डराउनुपर्दैन।’


झापामा यस्तो छ खोप तालिका
झापामा पनि ६५ बर्ष उमेर समूहदेखि माथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गरिएको छ ।

झापाका ६५ बर्ष उमेर समूहदेखि माथिका ५८ हजार ५ सय १३ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताएका छन् ।

२३ गतेदेखि २७ गतेसम्म पहिलो समूहमा झापाको बुद्धशान्ति, भद्रपुर, मेचीनगर, अर्जुनधारा, बिर्तामोड, बाह्रदशी, हल्दिबारी र कचनकवलका विभिन्न खोप केन्द्रमार्फत ३४ हजार ४ सय ५६ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको उनले बताए । यसै अनुरुप खोप नियमित रुपमा चल्दै आएको समेत उनले बताए ।

त्यस्तै आगामी चैत १ देखि ५ गतेसम्म झापा, कनकाई, गौरीगञ्ज, गौरादह, दमक, कमल र शिवसताक्षीका खोपकेन्द्रहरुबाट २४ हजार ५७ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको चम्लागाईको भनाई छ ।

यस्तो छ बुद्धशान्तिको खोप तालिका

यता बुद्धशान्ति गाउँपालिकाले पनि ६५ बर्ष उमेर समूहदेखि माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउदै आएको छ ।

बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीका अनुसार यसअघि बुद्धशान्तिमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी,सुरक्षाकर्मी तथा सन्चारकर्मी गरि १ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएको र अहिले भने ज्येष्ठ नागरिकलाई खोप लगाउदै गरेको बताए ।

बुद्धशान्ति गाउँपालिकामा दुईवटा केन्द्रबाट खोप लगाइदै आइएको छ । साविक बुधबारेका स्थानीयलाई बुद्धशान्ति अस्पताल÷ पुरानो हेल्थपोस्ट भवनमा र साबिक शान्तिनगरका स्थानीयलाई शान्तिनगर स्वास्थ चौकीमा खोप लगाउन सकिने बताएका छन् । खोप लगाउन आउने व्यक्तिले अनिवार्य परिचयपत्र खुल्ने कागज ल्याउनुपर्ने छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *