काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । यो एक दिनमा मृत्यु भएको हाल सम्म सर्वाधिक संख्या हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।